काठमाडौं- मंगलबार पनि सेयर बढेको छ। सेयर बजार परिसूचक नेप्से आज ४९. १९ अंकले बढेर २८ सय ३४.१३ विन्दुमा पुगेको छ।
सेयर बजारमा ६ अर्ब ७२ करोड बढीको कारोबार भएको छ। ४९ अंक बढ्दै मंगलबार १ करोड १९ लाख सेयर कारोबार भएको हो।
नेप्से इन्डेक्स २८ सय ३४ अंकमा पुगेको छ। आज नारायणी विकास बैंक, नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स, कर्पोरेट विकास बैंक र मध्ये भोटेकोशी जलविद्युत् आयोजना कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
आज माउन्टेन इनर्जी नेपालले ३.५२ प्रतिशत, नेपाल एसबीआई बैंकको २ प्रतिशत, शिवम् सिमेन्टको १.४९ प्रतिशत, रुरू जलविद्युतले १.२५ प्रतिशत घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।