• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ललितानिवास प्रकरणको सकस, नक्कली मोही खडा गरेर सरकारी जग्गा बकस!

64x64
नेपाल लाइभ मंगलबार, पुस २७, २०७८  २०:०४
1140x725

काठमाडौं– ललितानिवासको जग्गा प्रकरणमा थप अनुसन्धानका लागि सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई फाइल फिर्ता पठायो। 

चारवटा फाइलमा आएको अनुसन्धान प्रतिवेदनमा प्रश्न उठाउँदै फाइल फिर्ता पठाएको हो। यो दोस्रोपटको अनुसन्धान थियो। उक्त अनुसन्धान प्रतिवेदनमा कीर्तेमा मुद्दा चलाउन केही प्रमाण र अनुसन्धान अपर्याप्त भएको भन्दै सरकारी वकिलले फिर्ता पठाएको हो। अब सीआईबीले त्यसमा जवाफ दिएपछि मात्र यो मुद्दा अघि बढ्ने छ। ललितानिवास प्रकरणमा एउटा मुद्दा विशेष अदालतमा अन्तिम सुनुवाइको प्रक्रियामा रहेका बेला अर्को मुद्दा दर्ता हुन लागेको थियो। 

यो मुद्दामा सीआईबीले करिब २ वर्ष लगाएर अनुसन्धान गरि प्रतिवेदन बुझाएको थियो। तत्कालीन केपी ओली नेतृत्वको सरकारले सीआईबीलाई बालुवाटार प्रकरणको अनुसन्धान गर्न २०७६ पुस २७ गते जिम्मा दिएको थियो। 

सीआईबीले यसरी गरेको अनुसन्धानमा मालपोत कार्यालयका कर्मचारीहरुले सरकारी जग्गा आफ्ना आफन्तका नाममा मनलाग्दी बकस गरेर कीर्ते गरेको भेटिएको थियो। मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्द शर्मा रेग्मीदेखि युक्तप्रसाद श्रेष्ठसहित पाँच कर्मचारीले जग्गा आफन्तको नाममा बकसपत्रमार्फत् पास गरेका थिए।

कसैले बुहारीको नाममा गरेका थिए भने कसैले श्रीमती, बहिनी र साढुभाइको नाममा जग्गा पास गराएका थिए। सार्वजनिक जग्गा कीर्ते गर्ने कार्यमा सहयोग गरेबापत प्राप्त भएको जग्गालाई उनीहरुले लुकाउने प्रयोजनका लागि अन्य व्यक्तिको नाममा गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

महानिर्देशकले बुहारीलाई बकस दिए 
पदीय दुरुपयोग गर्दै तत्कालीन मालपोत विभागका महानिर्देशक मुकुन्द शर्मा रेग्मीले ललिता निवासको जग्गा आफ्नै कार्यकक्षमा लिखत तयार पार्दै पाससम्म गराएको तथ्य फेला परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको आरोपपत्रमा महानिर्देशक शर्माले अधिकारको चरम दुरुपयोग गरेको उल्लेख छ। 

तत्कालीन महानिर्देशक शर्माले आफ्नी बुहारी बैकुण्ठ शर्मा रेग्मीलाई बकसमार्फत ललिता निवासको जग्गा दिलाएका थिए। अख्तियारमा बैकुण्ठले गरेको बयानमा मालपोत विभागको महानिर्देशक रहेको बेला कार्यकक्षमा बोलाएर सही छाप गराएको र उक्त कागजातको बारेमा प्रश्न गर्दा ससुराको विश्वास छैन भनेको बताएकी छन्। उक्त जग्गा सार्वजनिक भएको बारेमा आफूले सञ्चारमाध्यममा आएपछि मात्र जानकारी पाएको उनको तर्क छ। 

साढुदाइ मालपोत अधिकृत हुँदा बकस
मालपोत कार्यालयका अधिकृत कलाधर देउजाले बालुवाटारको सार्वजनिक जग्गा आफ्ना साढुभाइ इन्द्रबहादुर क्षेत्रीको नाममा नामसारी गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

बकसको रुपमा उनले बालुवाटारको सार्वजनिक पास गराएका थिए। क्षेत्रीले अख्तियारलाई दिएको बयानमा राणा परिवारलाई आफूले नचिनेको तर, साढुदाई देउजाले ‘बालुवाटारमा एउटा जग्गा छ, तपाईंको नाम राखिदिऊँ’ भनेपछि जग्गा प्राप्त गरेको बयान दिएका छन्। उनले उक्त जग्गा दुई वर्षपछि १० लाखमा बिक्री गरेका थिए।  

शान्तिलाई काका ससुराको बकस
यसरी जग्गा बकसमा पाउनेमध्येका एक प्रतिवादी शान्ति मल्ल प्रधानले आफ्नो काका ससुरा मालपोत कार्यालयमा कार्यरत हुँदा बकसमा प्राप्त गरेकी थिइन्। उनलाई मालपोत कार्यालयमा कार्यरत रहेका नाताले काका ससुरा सुरेन्द्रमान कपालीले बालुवाटारको जग्गा ८१ हजार मूल्य राख्दै उनको नाममा बकस गरिदिएका थिए। उक्त जग्गा ४÷५ वर्षपछि ८ लाखमा बिक्री गरेको बयान उनले अख्तियारमा दिएकी थिइन्। 

श्रीमान मालपोतमा, श्रीमतीलाई  बकस  
अख्तियारको बयानमा युक्तप्रसाद श्रेष्ठकी श्रीमतीले पनि मालपोत कार्यालयमा कार्यरत रहेका श्रीमानको पहुँचका आधारमा बालुवाटारको जग्गा प्राप्त गरेको बयान अख्तियारलाई दिएकी छन्।

उनी डिल्लीबजार मालपोतमा कार्यरत रहेको समयमा २०४९ सालमा ८५ हजार मोठ राखेर बकसपत्र गरिएको थियो। श्रेष्ठकी श्रीमती सरस्वती कुमारी श्रेष्ठले दिएको बयानमा जग्गा कारोबारी मिठुराम चापागाईंबाट बकसपत्रमार्फत प्राप्त भएको भनेकी छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बहिनीलाई पनि बकसमा सार्वजनिक जग्गा 
युक्तप्रसाद श्रेष्ठले श्रीमतीमात्र नभई बहिनी निर्मलादेवि श्रेष्ठलाई पनि बकसमा जग्गा पास गराएका थिए। अख्तियारको बयानमा निर्मलादेविले दाजु (युक्तप्रसाद) डिल्लीबजार मालपोत कार्यालयमा खरिदार रहँदा आफ्नो नाममा एउटा जग्गा पास गर्न बोलाएको र पछि उनैले ऋण लाग्यो बेच्न पर्‍यो भनेपछि आफूले पास गरिदिएको बयान दिएकी छन्। 

जग्गाको पूर्जा नै देखेका छैनन्
मुख्य दलाली रामकुमार सुवेदीले राणा परिवारको जग्गा ठेक्कामा लिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। मोही खडा गर्दै सुवेदीले नै सबै जग्गाको पूर्जा लिएका थिए।

अख्तियार र सीआईबीको बयानमा एक मोही बिलबहादुर महर्जनले आजसम्म जग्गाको पूर्जा समेत नदेखेको बयान दिएका छन्।  उनले मोही कायम भएबापत नौ लाख अठासी हजार रुपैयाँ आफूले बुझेको भनेका छन्। 

मोही नै बेपत्ता
बालुवाटार जग्गा प्रकरणमा जग्गा माफियाहरुले राखेका नक्कली मोहीमध्ये केही मोही नै अख्तियारको बयानमा बेपत्ता भएका थिए। यो क्रम सीआईबीमा पनि जारी रहेको प्रतिवेदनमा उल्लेख छ। रामकुमार सुवेदी र शोभाकान्त ढकालले खडा गरेका मोहीहरुका नाममा गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दासमेत फेला परेनन्। सम्पर्कमा आएनन्।

सीआईबीले पनि पटक पटक उनीहरुको ठेगानामा पत्राचार गरेको थियो। सीआईबीले प्रतिवेदनमा समेत उक्त कुरा उल्लेख गरेको छ। प्रतिवेदनमा कतिपय मोही नै बेपत्ता र हचुवाको भरमा खडा गरेको देखिएको उल्लेख छ। सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसारमा जग्गा कसरी उनीहरुको नाममा पास भयो भनी खोज्दा धेरै रमाइला घटना पाइएको छ। 

‘कसैको घरमै सही गरेको, कसैले यो नाम राख्दिऊँ न भनेको, कसैले ज्वाइँले भनेपछि मान्नु नि भनेर र कसैले ससुरा भएकै आधारमा जग्गा पास गरेको तथ्य समेत पाइयो’, ती अधिकृतले भने ‘सबैको मिलमतोमा सरकारी जग्गा एक अर्कामा बाँडेको देखिन्छ।’ 

मोहीका (फर्जी मोही) नाममा २०७६  असार ११ गते अख्तियारले हाजिर हुन आउने सार्वजनिक सूचना जारी गरेको थियो। उनीहरुको स्थायी ठेगाना अनुसार खोजी गर्दा नभेटिएपछि अख्तियारले सार्वजनिक सूचना जारी गरेको थियो।  

लक्ष्मी नारायण महर्जन, कान्छा मर्हजन लगायत व्यक्तिहरुको नाम अनुमानका आधारमा राखेको सीआईबीको पनि निष्कर्ष छ। 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त... शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै बडादसैँको सातौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल स... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्