• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
ललितानिवास प्रकरण

सीआईबीलाई सरकारी वकिलका ३२ प्रश्न, पूर्वन्यायाधीश भन्छन्– शंका गर्ने ठाउँ छ 

64x64
नेपाल लाइभ मंगलबार, पुस २७, २०७८  १३:५५
1140x725

काठमाडौं– ललितानिवास प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय आइपुगेको प्रतिवेदन फेरि अनुसन्धानका लागि नेपाल प्रहरीसमक्ष पुगेको छ। जिल्ला सरकारी वकिल कार्यालयले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुसन्धान प्रतिवेदनमाथि केही प्रश्न उठाउँदै फिर्ता पठाएको थियो। 

ललिता निवासको सरकारी जग्गा प्रकरणमा पहिलो मुद्दा विशेष अदालतमा दायर भएपछि दोस्रो मुद्दा अनुसन्धानको जिम्मेवारी तीन वर्षअघि सीआईबीले पाएको थियो। सीआईबीले कीर्तेमा अनुसन्धान गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो।

गत बिहीबार सरकारी वकिलको कार्यालय आएको प्रतिवेदन अध्ययन गर्दै सोमबार चार वटा फाइलमा ३२ बुँदे निर्देशन र प्रश्न उठाएको जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकृतले बताए। सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले अपराध हुँदाको कानुन आकर्षित हुने भन्दै ३२ बुँदे निर्देशनसहित पुनः अनुसन्धान गर्न प्रतिवेदन फिर्ता पठाएका हुन्। उनले अनुसन्धानमा थप विषय समावेश गरेर प्रतिवेदन बलियो बनाउन फिर्ता पठाइएको प्रतिक्रिया दिए । 

के–के थप गर्ने भन्ने खुलाउन नमिल्ने उल्लेख गर्दै उनले थप विषय समावेश गरी प्रतिवेदन बलियो बनाउन अनुसन्धान गर्ने निकायमै फिर्ता पठाइएको बताए। अदालतमा दायर भएपछि पनि थप प्रमाण पेश हुनसक्ने गरी सार्वजनिक रुपमा टिप्पणी आएको तर, त्यो सम्भव नभएकाले अहिले नै प्रश्न गरिएको उनले बताए। ‘हाम्रो न्याय प्रणालीमा पेस भएको प्रमाणमा प्रश्न गरेर न्याय गर्ने छ’, उनले भने, ‘अदालत आफैंले प्रमाण नखोज्ने भएकाले भएका प्रमाण पुर्‍याएर नै मुद्दा लैजान फिर्ता पठाएका हौं।’ 

उनले सीआईबीले सरकारी वकिलले पठाएको प्रश्नमा उत्तर दिएपछि फेरि अदालत जाने बताए। आफूहरुले कानुनसम्मत काम गरेको भन्दै उनले भने ‘अदालतमा असफल हुने कुरा लान हुँदैन भनेर प्रश्न गरेका हौं।’ हदम्यादको कुरामा समस्या नरहेको भन्दै उनले प्रहरीको जवाफपछि पनि मुद्दा दायर हुनसक्ने बताए। 

‘अपराध संहिताको लिखतसम्बन्धी कसूरअनुसार प्रतिवेदन तयार पारेको रहेछ तर यो कानुन जारी हुनुपूर्वको घटना भएकाले त्यहीअनुसार मुद्दा तयार हुनुपर्छ ’ पौडेलले भने ‘अन्य धेरै कुरा र प्रमाणका बारेमा प्रश्न गरेका छौं।’

पौडेलले यस्तो दाबी गरेपनि कानुनका जानकार र पूर्वन्यायाधीशहरुले भने ठूला व्यापारी र हाइप्रोफाइल मानिसहरु संलग्न भएकाले सन्देश व्यक्त गरेका छन्। प्रतिवेदन बुझाउनुअघि सरकारी वकिलको कार्यालयका ४ अधिकृतलाई सीआईबीसँग समन्वयका लागि तोकिएको थियो। प्रतिवेदन बनाउन उनीहरूको पनि भूमिका भएकाले  फिर्ता पठाउने कुरा शंकास्पद भएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले बताए। 

लामो समय सरकारी वकिलको भूमिकामा समेत रहेका केसीले सरकारी वकिलले प्रश्न सोधेर फर्काउन पाउने अधिकार कानुनले दिएको तर, कुन नियतले फर्काइयो  भन्नेमा प्रश्न रहेको बताए। ‘सरकारी वकिल सम्बन्धी नियम र ऐनमा अनुसन्धान पूरा गरेर पठाऊ भन्ने अधिकारी हुन्छ। यो प्रक्रिया पनि आवश्यक भए गर्न सकिन्छ’, केसीले भने, ‘हनुमानले जसरी सञ्जीवनी बुटी चिनेनन् र पहाडै ल्याए, त्यस्तै हो प्रहरीले पनि चिन्दैनन्। सरकारी वकिलले नै चिन्ने हो।’ तर यो मुद्दा अलि फरक र प्रभाव पार्नसक्ने व्यक्तिहरुको संलग्नताको कुरा भएकाले शंका उठेको केसीको टिप्पणी छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘मैले पनि मुद्दा कमजोर बनाउने प्रयास भएको भन्ने धेरै खबर सार्वजनिक सञ्चारमाध्यममा पढेँ’, उनले भने। अब केही समयपछि सीआईबीले दिने उत्तर र त्यसपछि लिने निर्णयमा भर पर्ने पूर्वन्ययााधीश केसी बताउँछन्। 

‘अनुसन्धान हदम्याद अपुग हुँदैन। सरकारी वकिलले प्रक्रियामा लगिसकेको छ’, उनले भने, ‘यो मुद्दामा ठूला व्यापारी र नेताहरु संलग्न रहेकाले शंका गर्ने ठाउँ दिएको हो। त्यसलाई अब आउने दिनले पुष्टि गर्ला।’ 

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले पनि हदम्यादको तर्क अनावश्यक भएको बताए। सुरुमा २ वर्षको अवधि सीआईबीले अनुसन्धानका लागि पाएको भएपनि ३ वर्षमा बुझाएको र मुलुकी संहितासँगै जारी भएको केही नेपाल ऐन संशोधन ऐनले पनि हदम्यादको कुरा काटेको उनले बताए। सर्वोच्च अदालतका विभिन्न फैसलाको नजिरले समेत हदम्याद समाप्त भएको कुरा स्वीकार नगर्ने भएकाले सीआईबीको जवाफपछि मुद्दा चल्ने सम्भावना बाँकी नै रहेको उनले बताए।

‘सरकारी वकिलले पन्छाएको हैन। थप बलियो बनाऊ भनेर पठाएको हो’, उनले भने ‘जस्तो ल्यायो त्यस्तो लाने हैन। अदातल पुगेपछि सरकारी वकिलकै थाप्लोमा आउने हो।’ सीआईबीले जवाफपछि मुद्दा चलाउने वा नचालने निर्णय हुने उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले अनुसन्धान प्रतिवेदन समय घर्काएर पठाउने सीआईबी र अनुसन्धानका क्रममै आवश्यक समन्वय नगर्ने सरकारी वकिलको नियत, दुवै शंकास्पद भएको टिप्पणी गरे । भूमाफिया, व्यापारीदेखि राजनीतिक तहसम्मका व्यक्ति जोडिएको कसूर भएकाले यसलाई कमजोर बनाउन सबैतिरबाट चलखेल भएको हुनसक्ने उनले बताए। 

यस्ता छन् सरकारी वकिलका प्रश्न : 
सरकारी वकिलले चारवटा फाइलमा अलग–अलग प्रश्न गरेको छ। एक अधिकृतका अनुसार सीआईबीको सबै अनुसन्धान र भोलि अदालतमा दिनुपर्ने सम्भावित जवाफलाई आधार बनाएर प्रश्नहरु सोधिएका छन्। मुद्दा दायर भएपछि न्यायाधीशले इजलासमा खोज्ने प्रमाणहरुका विषयमा समेत अनुसन्धानका क्रममा सम्भव हुन्छ कि हुँदैन भनेर प्रश्न सोधेको ती अधिकारीले बताए।  

सरकारी वकिल कार्यालयले भने प्रहरीलाई दिएको ३२ बुँदे निर्देशनमा प्रहरीले संकलन गरेका कागजात विधि विज्ञान प्रयोगशालाबाट जाँच्नुपर्नेबारे पनि प्रश्न उठाएको छ। पुरानो कागज फेला पारेको तर, यो हो कि हैन भनेर परीक्षण हुनुपर्ने विषय सरकारी वकिलले उठाएको छ। नत्र इजलासमा प्रतिवादीका कानुन व्यवसायीले यही प्रश्न उठाउने भएकाले अहिले नै यसको बारेमा जवाफ माग गरिएको बताइएको छ। 

लालमोहरलगायतका पुराना कागजातका शब्दावली अहिलेको ढाँचामा उतार्न पनि भनेको छ। कीर्तेमा संलग्न कसको कति संलग्नता हो भन्ने किटान गर्न सरकारी वकिलले भनेको छ। मुख्य संलग्नतादेखि अन्यको कुन स्तरको संलग्नता हो अभियोगमा खुलाएर लैजानुपर्ने नत्र न्यायाधीशले कुन आधारमा सजाय निर्धारण र कसुरदार कायम गर्ने भनी प्रश्न उठाउने भएकाले यसको निरुपण हुनुपर्ने सरकारी वकिलको जिकिर छ। 

सरकारको जग्गा रहेको भन्ने सक्कली कागजात खोज्न पनि सरकारी वकिलले भनेको छ। मालपोत कार्यालय, भूमि सुधार कार्यालय र अन्य कुन निकायमा यसको तथ्यांक रहेको छ खोजी गर्नुपर्ने र यसले कीर्तेको प्रमाणको रुप इजलासमा लिने जिकिर सरकारी वकिलको छ। मालपोत कार्यालयका कर्मचारी, विचौलिया, व्यापारी र अन्यको संलग्नता बारेमा स्पष्ट खाकासहित अभियोगपत्र दाबी गर्नुपर्ने सरकारी वकिलको भनाइ छ।

सबै प्रतिवादीलाई गोलमटोल लैजाँदा त्यसले सबै उम्कने सम्भावना हुने भएकाले संलग्नताको स्तर अनुसारको दाबी गर्नुपर्ने र त्यही अनुसार सजायको पनि माग गर्नुपर्ने सरकारी वकिलको प्रश्नमा उल्लेख छ।  सर्वोच्च अदालतको फैसला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन, भूमि सुधार विभागको निर्देशन, मन्त्रिपरिषद्को निर्णय जस्ता विषय पनि खुलाउनुपर्नेमा सरकारी वकिलले सीआईबीलाई प्रश्न गरेको छ। सरकारी कागजात कीर्तेको विषयमा प्राप्त हुनसक्ने सबै प्रमाणहरु संलग्न गराउन सरकारी वकिलले भनेको छ। 

सरकारको नाममा रहेको जग्गा कसरी गुठीको भयो, समिरजङ कम्पनीको नाममा कसरी गयो, को को मोही कसरी भए र मोही बनाउँदा के के कागज पेस गरियो जस्ता विवरण र उक्त जग्गा अन्य को को व्यक्तिको नाममा गयो भन्ने पनि उल्लेख गराउनुपर्ने सरकारी वकिलको प्रश्नमा उल्लेख छ। 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त... शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै बडादसैँको सातौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल स... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्