१. बतासलाई नारायणहिटी दिन ठेक्का प्रतिस्पर्धामै मिलेमतो भएको सरकारी छानविन समितिको ठहर, सरकारी सम्पत्ति ओगट्ने रुचि महँगो पर्नसक्ने बतास समूहलाई मन्त्री आलेको चेतावनी । (छानविन समितिको ठहर)
२. ललितानिवास जग्गा प्रकरणमा कीर्ते कसूरको अनुसन्धान प्रतिवेदन सीआईबीलाई नै फिर्ता, मुद्दा दर्ता गर्दा कतिपय दाबीहरु कमजोर हुने देखिएपछि फेरि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन । ( ललितानिवास जग्गा प्रकरणको प्रतिवेदन फिर्ता)
३. भोलिबाट माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय, विदाको अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाउने तयारी । (भोलिबाट देशभरका विद्यालय बन्द)
४. म्यान्मारको सैन्य अदालतद्वारा नेतृ आङ सान सू चीलाई थप चार वर्षको कैद सजाय, अवैध रूपमा वाकी-टकी राखेको र कोभिड सम्बन्धी नियम उल्लंघन गरेको आरोप । (सू चीलाई ४ वर्षको कैद सजाय)
५. र, सहिद स्मारक ए डिभिजन लिगमा ४ मिनेटमा २ गोल, रणनीतिमा चुक्दा पुलिस र ब्रिगेटको बराबरी, बराबरीसँगै पुलिस ७ अंकका साथ ११औं स्थानमा यथावत् । (पुलिस र ब्रिगेटको बराबरी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।