काठमाडौं- मध्य एसियाली राष्ट्र काजकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा पाँच दिनपछि इन्टरनेट सेवा सञ्चालनमा आएको छ।
देशको पूर्व राजधानी अल्माटीमा हिंसात्मक प्रदर्शन भएसँगै बुधबारदेखि इन्टरनेट सेवा बन्द गरिएको थियो।
सोमबार गृहमन्त्रालयले हिंसात्मक प्रदर्शनपछि झण्डै ८ हजार मानिसलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ।
काजाकिस्तानले इन्धनको मूल्यवृद्धिलाई लिएर सन् १९९१ मा स्वतन्त्र राष्ट्र बनेयताकै सबैभन्दा ठूलो विरोधको सामना गरिरहेको छ। केही दिनदेखि प्रदर्शन भइरहेको भए पनि बुधबार अल्माटीको सडकमा हिंसा भड्किएको थियो।
गत हप्ता रुसी सुरक्षा बल स्थिति नियन्त्रण गर्न कजाकिस्तान पुगेका थिए। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै स्थिति नियन्त्रणमा रहेको र सुरक्षा बलहरूले प्रदर्शनलाई रोकेको दाबी गरेको छ।
यद्यपि, आपतकालीन र राष्ट्रव्यापी कर्फ्यू अझै जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।