काठमाडौं- भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ। सिंहले सामाजिक सञ्जाल ट्वीटरमा उक्त जानकारी दिएका हुन्।
उनी घरमै क्वारेन्टिनमा बसेका छन्। ‘म कोरोना पोजिटिभ छु। हल्का लक्षणहरू पनि छन्। म घरमै क्वारेन्टिनमा छु,’ उनले लेखेका छन्।
उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूलाई आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउनसमेत आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।