काठमाडौं- भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ।
मुख्यमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल ट्वीटरमा उनलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो।
ट्वीटमा भनिएको छ,‘नितिश कुमारको कोरोना परीक्षणमा पोजिटिभ देखिएको छ। उहाँ चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा हुनुहुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।