फाइल तस्बिर
सिमकोट- आइतबार साँझदेखि हिमपात भएपछि हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन्।
सिमकोटमा हिमपातका साथै बादल लागेका कारण सिमकोटदेखि नेपालगञ्ज र सुर्खेतका हुँदै आएको नियमित उडान हुन सकेको छैन। सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए। हुम्ला पुग्नुपर्ने यात्रु नेपालगञ्ज र सुर्खेतमै रोकिएका छन्।
टिकट काटे पनि हिमपातका कारण गन्त्व्यमा पुग्न नसकिएको स्थानीय हेमन्त बोहराले बताए। हवाई उडान बन्द भएपछि खाद्यान्न ढुवानी हुन सकेको छैन। नेपालगञ्ज र सुर्खेतबाट निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।