काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना संक्रमण भएको छ।
रुघा र सामान्य खोकी लागेपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलका प्रेस संयोजक विमल खड्काले बताए। ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उहाँ होम आइसोलेसनमा हुनुहुन्छ’, खड्काले भने।
मन्त्री पौडेललाई संक्रमण भएपछि दैनिक हुने भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित गरिएको छ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेत, सत्य पहाडी, रामप्रसाद सापकोटा, रमेश मल्ल लगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू सबै होमआइसोलेसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।