काठमाडौं- अफगानिस्तानमा गत वर्षको अगस्टमा मच्चिएको कोलाहालको बीच धेरै मानिस देश छाडेर गइरहेका थिए। तालिबान काबुल पुगिसकेको थियो। मानिसहरु काबुल विमानस्थल तर्फ भागेका थिए। यसैक्रममा उक्त भीडमा एक दुधे बच्चा हराए।
त्यो १९ अगस्टको दिन थियो। काबुलको हामिद करजाई विमास्थलमा तिलको दाना राख्ने ठाउँ समेत थिए। हजारौं मानिस जम्मा भएका थिए। अमेरिका र अन्य देशहरुले मानिसहरुलाई अफगानिस्तानबाट बाहिर लैजाँदै थिए। खास गरेर यस्ता व्यक्तिहरु जसले पछिल्लो सरकारका लागि काम गर्दै आएका थिए र जसलाई अब तालिबान सरकारमा खतरा हुन सक्थ्यो।
भीडमा आफ्नो परिवारका साथ मिर्जा अली अहमदी पनि सामेल थिए। जो अमेरिकी दूतावासमा सुरक्षा गार्डको रुपमा काम गर्थे।
समाचार एजेन्सी रोयटर्सले सबैभन्दा पहिला उनकाबारेमा नोभेम्बरमा समाचार प्रकाशन गरेको थियो।
मिर्जाले पत्नी सुरैया र पाँच बच्चालाई लिएर विमानस्थल भित्र जान प्रयास गरिरहेका थिए। दुई महिनाका बच्चा सोहेल काखमा थिए।
एक अर्कामा ठोकिएर बच्चाहरुको ज्यान जोखिममा नपरोस् भन्नका लागि उनीहरुले अर्कोतर्फ उभिएका एक बर्दीधारी सैनिकलाई बच्चा दिए। उनीहरुलाई लाग्यो कि उनी अमेरिकी सैनिक हुन्। विमानस्थलमा प्रवेश गर्नका लागि १५ फिटको दूरीमात्र बाँकी हरेको र त्यहाँ पुगेर बच्चा लिने उनीहरुले सोचेका थिए।
तर, त्यतिनै बेला तालिबानी सैनिकले भीडलाई पछाडी ठेलिदियो । मिर्जा र उनका परिवारलाई विमानस्थल भित्र पुग्दा पुग्दै आधा घण्टा लाग्यो। उनीहरु विमानस्थल भित्र पुगे तर न सैनिक देखे र उनीहरुको बच्चा।
उनीहरुले केही बेर अघि अर्कोलाई समाउन दिएको बच्चा खोजे। तर फेला पार्न सकेनन्। केही अधिकारीहरुले विमानमा लगि सकेको हुन सक्ने र विमानभित्र भेट्न सकिने बताए। अन्तिममा उनीहरु अमेरिका जाने विमान चढे र टेक्सास राज्यको एक सैन्य क्याम्पमा पुगे।
महिनौंसम्म उनीहरुलाई थाहा भएन कि सोहेललाई के भयो।
कसरी फेला परे सोहेल?
चार महिना पछि नोभेम्बरमा रोयटर्समा यो समाचार छापियो। त्यसपछि बच्चाबारे खोजी भयो र पत्ता लाग्यो कि सोहेल एक ट्याक्सी ड्राइभर हामिद सैफीको घरमा छन्।
२९ वर्षीय हामिदले रोयटर्सलाई बताए अनुसार सोहेललाई उनले विमानस्थलमा भेटेका थिए। त्यतिबेला उ जमिनामा थियो र रुँदै थियो।
हामिदले उसको आमावुवालाई पनि खोज्ने प्रयास नगरेका होइनन्। तर केही पत्ता नलागेपछि उनले बच्चालाई आफ्नो घर लैजाने फैसाला गरे। पत्नीले बच्चालाई ठूलो बनाउने विश्वासका साथ उनले सोहेललाई घर लगे। उनीहरुले बच्चाको नाम राखे मोहम्मद आबिद। र, आफ्नो अर्को छोराको साथमा आबिदको तस्बीर पनि फेसबुकमा राखे।
सोहेल अहमदीलाई उसको मामालाई जिम्मा लगाउँदै ड्राइभर हामिद सैफी
चार महिनापछि सोहेलको पत्ता लाग्यो र उनका मामा मोहम्मत कासिम रजावी उसलाई लिन गए। उनी काबुल भन्दा पर पूर्वोत्तर अफगानिस्तानमा सुबे बदख्शांमा बस्छन्।
लामो यात्रापछि जब उनी हामिद भएको स्थानमा पुगे तब उनले सोहेललाई फिर्ता गर्न अस्वीकार गरे।
रोयटर्सका अनुसार हामिदले आफूहरुको परिवारलाई पनि अमेरिका लैजानुपर्ने शर्त राखे। समस्या यति धेरै भयो कि केही समय हामिद सेफलाई हिरासतमा राख्नु पर्यो।
अन्तिममा तालिबान प्रहरीले केही हप्तासम्म चलेको कुराकानी पछि दुबै परिवारका बीचमा सम्झौता गरायो र सोहेललाई उसको मामाको जिम्मा लगाइयो।
अब सोहेलको घर परिवार चाँडै उसलाई अमेरिकाको मिशिगनमा लैजाने तयारीमा छ।
बीबीसीबाट भावानुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।