काठमाडौं– विद्यालय बन्द गराउने बारे निर्णय गर्न शिक्षा मन्त्रालयमा बैठक बस्दै छ। सोमबार दिउँसो मन्त्रालयमा बैठक बसेर यसबारे टुंगो लगाइने जनाइएको छ।
आइतबारमात्र कोभिड १९ संक्रमण व्यवस्थापन समन्वय समिति (सिसिएमसीसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो।
सिसिएमसीसीको सिफारिसअनुसार सोमबार मन्त्रालयले निर्णय गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।
जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।