काठमाडौं- म्यान्मारको सैन्य अदालतले नेतृ आङ सान सू चीलाई थप चार वर्षको कैद सजाय सुनाएको छ।
फेब्रुअरीमा सेनाले नागरिक सरकारलाई अपदस्थ गरि सू चीलाई सत्ताबाट हटाएको थियो र नजरबन्दमा राखेको थियो।
उनलाई डिसेम्बरमा कोरोना भाइरस प्रतिबन्धको उल्लंघनका कारण ४ वर्षको जेल सजाय सुनाएको थियो। पछि उक्त सजायलाई कम गर्दै साढे दुई वर्ष बनाएको थियो।
रिपोर्टहरुका अनुसार सत्ता प्रदर्शन पछि भएका हिंसक प्रदर्शनमा अहिलेसम्म १ हजार ४ सय भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ।
डिसेम्बरमा सू चीलाई सुनाइएको सजायमा अन्तर्राष्ट्रीय स्तरमा निन्दा भएको थियो। म्यानमारका जनताले विरोधको पुरानो शैली अपनाएका थिए।
सू चीविरुद्ध लगाइएका सबै मुद्दाको फैसला हुँदा उनीमाथि आजिवन काराबासको सजाय हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।