काठमाडौं– सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन आइतबार ७३.०५ अंक बढेर २७६५.५१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ६.५७ अंक बढेर २७७२.०९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५२ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १८ कम्पनीको ४८ लाख ५ हजार २५० रुपैयाँ ८० पैसा बराबरको १० हजार २८९ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य बढेको छ। बाँकी ५ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।