काठमाडौं- लुटेराहरूको आक्रमणमा परी नाइजेरियामा मृत्यु भएकाहरूको संख्या २०० भन्दा बढी पुगेको छ।
हिंसात्मक घटनाका कारण अरू हजारौं विस्थापित पनि भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। यसअघि शुक्रबार बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा १४० भन्दा बढीको मृत्यु भएको दाबी गरिएको थियो।
लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा निर्दोष नागरिकहरूको हत्या गरेको जनाइएको छ। स्थानीय एक नेताले लुटेराहरूको समूहले आम नागरिकमाथि हिंसात्मक आक्रमण गरेको बताएका छन्।
आक्रमणकारीका सयौं लडाकुहरू मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन्। उनीहरूले १० गाउँमा आक्रमण गरेका हुन्। आक्रमणकारीहरूले घरघरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।