काठमाडौं– पाकिस्तानमा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ। भारी वर्षा र हिमपातमा परेर शनिबार रातिसम्म यहाँ ४१ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन्।
त्यसैगरी हिमपातकै कारण पाकिस्तानमा सयौँ व्यक्ति विस्थापित भएको पनि समाचारहरुमा उल्लेख छ।
हिमपातका कारण यहाँ ठूलो संख्याका भौतिक संरचनामा पनि क्षति पुगेको पाकिस्तानी अधिकारीहरुले बताएका छन्। यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनिबार रातिसम्म अविरल रुपमा पानी परिरहेको बताएको छ।
देशको उत्तरी क्षेत्र मुरीमा एक सवारी साधन नै हिउँमा फसेको र त्यसमा परेर २२ जनाको ज्यान गएको थियो। सवारी साधन हिउँमा फसेपछि निस्किन नसकेको प्रहरीलाई उद्धेत गर्दै जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।