काठमाडौं– शनिबार राति काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट एक मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।
महानगरीय प्रहरी वृत कालिमाटीका डीएसपी अनिल घिमिरेले दुर्घटनामा एक जनाको मृत्यु भएको र एक घाइते भएको जानकारी दिए। मृत्यु हुनेमा बझाङको थलारा घर भइ ललितपुर बस्दै आएका २४ वर्षीय बसन्त विष्ट रहेका छन्।
गम्भीर घाइते भएका विष्टको शहिद मेमोरिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का बझाङकै चैनपुरका २६ वर्षीय निखिल बम घाइत भएका छन्।
उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।