सिमकोट– शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ। एक फिट जमेको हिउँले गर्दाे स्थानीयवासीलाई घरबाट बाहिर निस्कनसमेत समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ।
हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए। ‘यस वर्षकै ठूलो हिमपात भयो। घरभन्दा बाहिर निस्कन सकिएको छैन,’ उनले भने, ‘चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन्।’ अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएको छ।
निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए। भारी हिमपात भए पनि हालसम्म दुर्घटना भेन नघटेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।