काठमाडौं- कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले सरकार विरोधी प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा बललाई चेतावनीबिना गोली चलाउन आदेश दिएका छन्।
रुसको नेतृत्वमा सैन्य सहायता प्राप्त गरेसँगै राष्ट्रपति तोकायेभले प्रदर्शनकारीहरूमाथि पूर्ण बल प्रयोग गर्न आदेश दिएका हुन्।
काजाकिस्तानले इन्धनको मूल्यवृद्धिलाई लिएर सन् १९९१ मा स्वतन्त्र राष्ट्र बनेयताकै सबैभन्दा ठूलो विरोधको सामना गरिरहेको छ। केही दिनदेखि प्रदर्शन भइरहेको भए पनि बिहीबार देशको सबैभन्दा ठूलो सहर अल्माटीको सडकमा हिंसा भड्किएको थियो।
उक्त हिंसामा २६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म तीन हजार जनालाई पक्राउ गरिएको छ।कजाकिस्तानका केही भागहरूमा पाँचौं दिनको प्रदर्शन पछि शुक्रबार राष्ट्रपति तोकायेभले देशवासीको नाममा सम्बोधन गरेका थिए।
एक हप्ता भित्र तेस्रो पटक टेलिभिजन सम्बोधनमा गर्दै उनले भने,‘ देशमा संवैधानिक व्यवस्था पुनर्स्थापित भएको छ। लुटपाट र नागरिकप्रति हिंसा भइरहेकोले मैले कानुनका पालकहरुलाई चेतावनीबिना गोली हान्न आदेश दिएको छु।’
राष्ट्रपति तोकायेभले जनवरी १९ सम्म आपतकालीन अवस्थाको घोषणा गरेर स्थिति नियन्त्रणमा ल्याउन सामूहिक सुरक्षा सन्धि संगठन शान्ति सेनालाई आमन्त्रितका छन्। सोही अनुसार रूसले सेना पठाएको हो।
कजाकिस्तानमा रेल यातायात पूर्ण सञ्चालनमा
कजाकिस्तानले नागरिक अशान्तिले अवरुद्ध भएको यात्रु रेल यातायात पूर्ण रूपमा सञ्चालन गरेको छ। स्पुतनिक कजाकिस्तानका एक संवाददाताले कजाकिस्तानको राष्ट्रिय रेलवे कम्पनी टेमिर झोलीलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।
के टि जेटले इन्टरनेटको पहुँच बिना टिकटहरू किन्नको लागि डिजिटल प्लेटफर्म पनि खोलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।