भारत- भारतीय अधिकारीहरुका अनुसार विगत दुई दिनमा दोस्रोपटक इटालीबाट भारत आएका अधिकांश यात्रुमा कोरोना पोजिटिभ पाइएको छ।
शुक्रबार रोमबाट अमृतसर आएको एक विमानमा सवार २८५ मध्ये १७३ जनाको कोरोना जाँच पोजिटिभ आएको हो।
अमृतसर एयरपोर्टका निर्देशक वीके सेठले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार रोमबाट भारत आएको यस चार्टर्ड फ्लाइटमा कुल २९० यात्री थिए।
बालबालिकालाई छाडेर २८५ जनाको जाँच गरिएको थियो। जसमध्ये १७३ जनामा कोरोना देखिएको छ।
स्थानीय स्वास्थ्य अधिकारीहरुले यात्रीहरुलाई अहिले सम्बन्धित जिल्लास्थित क्वारिन्टिनमा राखिएको जनाएका छन्।
नयाँ वर्ष सुरु भए लगत्तै भारतमा कोरोना संक्रमित बढिरहेका छन्। पछिल्लो समय संख्या दैनिक एक लाख भन्दा धेरै भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।