काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
काठमाडौँको टोखा नगरपालिकामा आयोजित एक सहकारीको कार्यक्रममा उनले जनताको जीवनस्तर उकास्ने सहज र लोकतान्त्रिक माध्यम सहकारी भएकोले यो अभियान अघि बढाउन एकभन्दा बढी सहकारी बैँकको आवश्यकता रहेको बताए।
पूर्वउपप्रधानमन्त्री निधिले देशभरका करिब ३० हजार सहकारी संस्थामा आबद्ध लाखौँ सदस्यको जीवनस्तर उकास्न एउटा मात्र सहकारी बैंक पर्याप्त नभएको उल्लेख गरे।
एउटामात्र सहकारी बैँकले सहकारी अभियान अघि बढाउन नसक्ने उहाँको भनाइ थियो । पार्टीका पूर्वउपसभापति निधिले सहकारी अभियान अगाडि बढाउन कांग्रेसको महत्वपूर्ण योगदान रहेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।