काठमाडौं- भारतको मुम्बईमा पछिल्लो २४ घण्टामा ९३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै नगरमा अहिलेसम्म ९ हजार ६५७ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको मुम्बई प्रहरीले शुक्रबार जानकारी दिएको छ।
यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोरोना संक्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।
संक्रमितको संख्या बढेसँगै संक्रमण दर २९.९० प्रतिशत पुगेको बृहनमुम्बई नगर समितिले बिहीबार जानकारी दिएको छ। महाराष्ट्रमा बिहीबार ३६ हजार २६५ थप व्यक्ति संक्रमित भएका थिए भने १३ जनाको मृत्यु भएको थियो।
त्यसैगरी आठ हजार ९०७ जना डिस्चार्ज भएका थिए। महाराष्ट्र राज्यमा शुक्रबार ७९ व्यक्तिमा कोभिडको ओमिक्रोन भेरिएन्ट भेटिएको बताइएको छ। यहाँ ओमिक्रोन भेरिएन्ट भेटिएका ३८१ जना निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म राज्यभर ८७६ व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।