काठमाडौं- कोरोनाको बढ्दो महामारीलाई ध्यानमा राख्दै भारत सरकारले शुक्रबार नयाँ प्रतिबन्ध लगाउने जानकारी दिएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार विदेशबाट भारत फर्किने सबै यात्रुहरूले कम्तिमा ७ दिन घरमै क्वारेन्टिनमा बस्नुपर्नेछ।
यससँगै दिल्ली सरकारले कोरोना संक्रमणदर रोक्न नयाँ प्रतिबन्धको घोषणा गरेको छ।
शुक्रबार जारी गरिएको जानकारी अनुसार दिल्लीका सबै बजार र सपिङ कम्प्लेक्समा अनावश्यक वस्तुहरू बेच्ने पसलहरू जोर-विजोर आधारमा बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म खुल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।