काठमाडौं- भारतको निर्वाचन आयोगले बलिउड अभिनेता सोनु सुदलाई पञ्जाबको ‘स्टेट आइकन’ पदबाट हटाएको छ।
पञ्जाबका मुख्य निर्वाचन अधिकारीले आफ्नो ट्वीटरमार्फत् यस निर्णयको जानकारी दिएका हुन्। केही महिनापछि पञ्जाबमा विधानसभा निर्वाचन हुन गइरहेको छ।
अभिनेता सोनुको बहिनी मालविका सुद विधानसभामा निर्वाचनमा लड्दैछिन्। तर, कुन दलबाट निर्वाचन लड्ने भन्नेबारे उनले अहिलेसम्म स्पष्ट पारेकी छैनन्।
तर, सोनु हालै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग स्टेजमा देखिएका थिए। त्यसयता सोनु राजनीतिमा आउने र आम आदमी पार्टीसँग नजिक हुने अड्कलबाजी भइरहेको छ।
तर, सोनु र केजरीवालले गत अगस्टमा भएको यो कार्यक्रमलाई गैरराजनीतिक भनेका थिए। सो कार्यक्रममा दिल्ली सरकारले सोनुलाई आफ्नो एउटा कार्यक्रम ‘देशको मेन्टर’ ब्राण्ड एम्बेसडर बनाएको थियो।
केजरीवालदेखि शरद पवारसम्म सोनुले पछिल्ला केही दिनमा धेरै राजनीतिक व्यक्तित्वहरूसँग भेट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।