• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

माइतीघरमा अनसन किन? अम्बिकाप्रसाद भन्छन्– अंश नपाएर 

64x64
धनु विश्वकर्मा बिहीबार, पुस २२, २०७८  ०७:०२
1140x725

काठमाडौं– दिन ढल्किँदै छ। उनको उमेर जस्तै बूढो भइसकेको घामले धरहराबाट हाम्फालेको अलि अघि नै हो। 

माइतीघरको सडक उसैगरी व्यस्त छ। हतार छ गन्तव्यमा फर्किने सवारीहरुलाई। हतार त उनलाई पनि छ। तर, उनको हतारो कसले सुन्ने? कसले बुझ्ने?

जसले पाँच वर्षदेखि पर्खिरहेछन्, न्याय। धाइरहेका छन् न्यायालयको ढोकामा। चिहाइरहेका छन् न्याय पाउने आशाको आँखीझ्यालबाट।

तर, जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म आइपुगेका चितवन, भरतपुर महानगरपालिका–११ का अम्बिकाप्रसाद अधिकारीको मुद्दाको टुंगो भने अझै लागेको छैन।

सोच्छन्– काठमाडौंको जीवनजस्तै छिटो छिटो काम भइदिने भए..।

माइतीघरमा अनसन किन? अम्बिकाप्रसाद भन्छन्– अंश नपाएर।

अंशका लागि अनसन?

सुन्दा अनौठो लाग्ला। तर, अधिकारी १८ पुसदेखि अंश नपाएको भन्दै माइतीघरमा अनसन बसिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उमेरले ६ दशक पुग्दै गरेका उनले अड्डा अदालत धाउन थालेको पनि ५ वर्ष पुगिसक्यो। तर, न्याय पाएका छैनन्। न्यायको आशा मरिसकेको छैन। 

उनले पहिलोपटक २०७३ सालमा चितवन जिल्ला अदालतमा नै दाजुहरुविरुद्ध अंश मुद्दा हाले। तर, हारे। चितवन जिल्ला अदालतले आवश्यक कागजपत्र नपुगेको भन्दै उनको विपक्षमा फैसला गर्‍यो। उनी त्यहाँ रोकिएनन्। त्यसमा चित्त बुझाएनन्।

त्यसपछि आफूले अंश पाउनुपर्ने दाबीसहित उच्च अदालतमा पुनरावेदन गए। त्यहाँ पनि मुद्दा हारे। त्यसपछि उनी न्यायको अन्तिम लडाइँका लागि २ वर्षअघि सर्वोच्च अदालत आइपुगे। उनको मुद्दा २ वर्षदेखि सर्वोच्चमा विचाराधीन छ।

तर, उनी अहिले सर्वोच्चभन्दा करिब ३०० मिटरको दूरीमा रहेको माइतीघर मण्डलमा अनसन बसिरहेका छन्। 

उनको माग छ– मुद्दाको चाँडो फैसला होस्।

‘१५/२० चोटी पेसी तोकियो। तर, सुनुवाइ हुन बाँकी छ’, उनले सुनाए।

जग्गा लिलामीदेखि अनसनसम्म
उनी अंशका लागि अनसनमा बस्नुका पछाडिको कथा भने लामो छ। अम्बिकाप्रसादका बुवा छविरमणले ४ वटा बिहे गरे।चार आमाका पाँच छोरा छन्। जेठी श्रीमतीतर्फका एक, माइलीतर्फका दुई र साइलीतर्फका एक छोरा छन्। अम्बिकाप्रसाद कान्छी श्रीमतीतर्फका हुन्।

अम्बिकाप्रसादका अनुसार छविरमणले छोराहरुले झगडा नगरुन् भनेर दाइजोमा आएको सम्पत्ती बराबर बाँडे। तर, पैतृक सम्पत्ति नबाँड्दै उनको मृत्यु भयो। बुवाको मृत्यु भएको पनि ११ वर्ष भइसकेको छ। बुवाको मृत्युपछि पैतृक सम्पत्ति नपाएको भन्दै अम्बिकाप्रसाद न्यायका लागि अदालत पुगेको बताउँछन्।

अनसनरत अम्बिकाप्रसाद अधिकारी।

उनका बुवाले साबुन उद्योग खोल्ने भनेर हालको नवलपुर जिल्लाको कौरेनीतिरको ४३ कठ्ठा, भरतपुरतर्फको ३ कठ्ठा र १७ धुर जग्गा धितो राखेर ऋण निकाले। तर, त्यो उद्योग धरासयी बन्यो। सबै लगानी डुब्यो। छविरमणले ऋण तिर्न सकेनन्। जग्गा रोक्का भयो। जसले गर्दा बिक्री गर्न पनि मिलेन।

भरतपुरमा रहेको दुई कठ्ठा जग्गा बेचेर २०५४ सालमा छबिरमणले रोक्का जग्गा फुकुवा गरे। पछि बुवाको शेषपछि अरु आमापट्टिका दाजुहरुले अंश पाएको तर, आफूले नपाएको अम्बिकाप्रसादको दाबी छ।

माइली आमापट्टि दाजु दिनेश प्रसाद अधिकारी र भाउजु (चन्द्र प्रसाद अधिकारीकी श्रीमती) मिनाले जालसाजी गरेको अम्बिकाप्रसादको दाबी छ।

भन्छन्– सन्तानले दुःख नपाऊन् भनेर यसो गरेको हुँ
उमेर ढल्किँदै गरेका अम्बिकाप्रसाद न्यायका लागि अनसन बस्नुपरेको वा मुद्दा, मामिला गरेको आफ्ना लागि होइन।  सन्तानले दुःख नपाऊन् भनेर यसमा लागेको उनी बताउँछन्। उनी आफैं पनि कानुनका विद्यार्थी हुन्। कानुनमा बीएल गरेको बताउने अम्बिकाप्रसादका दुई छोरा र एक छोरी छन्। 

अहिले भाडाको घरमा बस्छन्। सामान्य कृषि काम गर्छन्। आफूले न्याय नपाए पनि भोलिका दिनमा छोराछोरी सुखले बसुन् भन्ने मनसाय भएको उनी बताउँछन्।

मुद्दा लड्दालड्दै श्रीमतीकोे मंगलसुत्र बेच्नु परेको अम्बिकाप्रसादले सुनाए। बारम्बार मुद्दा पेसी चढ्ने तर, सुनुवाइ नहुने भएपछि अनसन बस्न बाध्य भएको उनी सुनाउँछन्। आफ्नो अनसन अनिश्चितकालका लागि रहेको उनले बताए।

उनी बिहानै माइतीघरमा अनसन बस्न पुग्छन्। बेलुका भने पहिलो दिन प्रहरी वृत्त सिंहदरबारले रानीवनको मानव सेवा आश्रम केन्द्रमा राख्यो। तर, अहिले उनलाई भद्रकालीमा राख्ने गरिएको छ। 

ढिलै भएपनि न्याय पाइएला भन्ने आश छ उनलाई। जिल्ला र पुनरावेदनमा उनले आफैं बहस गरेका थिए। सर्वोच्चमा भने शम्भु थापा र मञ्जुल गौतमले उनको मुद्दामा बहस गर्ने भएका छन्।

‘यो देशको कानुनी प्रक्रियामै ढिलासुस्ती छ। न्यायका लागि लड्दा लड्दै मरेँ भने पनि छोराहरुले न्याय पाऊन् भन्ने चाहना छ’, उनले कुराकानीको बिट मार्दै भने, ‘अन्तिम विकल्प नै आमरण अनसन देखेर अनसन सुरु गरेको हुँ। मसँग यो भन्दा अर्को कुनै उपाय छैन।’

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्