• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आफ्नै संगठनविरुद्ध २४ वर्षदेखि लडिरहेका प्रहरी जवान : मुद्दा जिते, तर न्याय पाएनन्

64x64
नारायण अधिकारी बुधबार, पुस २१, २०७८  ०७:२५
1140x725

काठमाडौं– कानुन कार्यान्वयन गराउने मुख्य जिम्मेवारी नेपाल प्रहरीको हो। अदालतको आदेशलाई प्रहरीले कार्यान्वयन गराउँछ। तर, त्यही प्रहरी संगठनले अदालतको फैसला अन्देखा गर्‍यो भने के हुन्छ? यसको उदाहरण बनेका छन् प्रहरी जवान ललितबहादुर पाल्पाली।

तीन तहका अदालतको आदेशबाट सफाइ पाए पनि नेपाल प्रहरीले सेवामा पुनर्बहाली नगर्दा ललितबहादुरले न्याय पाउन सकेका छैनन्। उनी २४ वर्षदेखि आफ्नै संगठनविरुद्ध मुद्दा लडिरहेका छन्। उनलाई सर्वोच्च अदालतले निर्दोष सावित गरेको ११ वर्ष भइसकेको छ। तर, उनको ‘लडाइँ’ टुंगिएको छैन।

ललितबहादुरको यो लडाइँ करिब तीन दशकअघिबाट सुरु हुन्छ। सिन्धुलीको कमलामाई नगरपालिका–७ घर भएका उनी २०४७ पुस १५ मा प्रहरी जवानमा भर्ना भएका थिए। काम राम्रै चलिरहेको थियो।

जागिर सुरु गरेको सात वर्ष भएको थियो। मध्यक्षेत्रीय प्रहरी गण नं.३ अन्तर्गत गुल्म नं. ३ बागमतीमा कार्यरत थिए। त्यहाँबाट अमृतगञ्ज प्रहरी चौकी, बारा सरुवा भयो। रमाना लिएर नयाँ कार्यालय हाजिर हुन जाने तयारीमा थिए। त्यतिबेलै २०५४ चैत ९ मा लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाइको प्रहरी टोलीले ललितबहादुर र मनोज सुब्बालाई काठमाडौंबाट पक्राउ गर्‍यो। उक्त शाखाले पत्र पठाएर २०५४ चैत २७ मा उनको सरुवा भएको बारा प्रहरीलाई घटनाबारे जानकारी दियो। 

सुब्बाले बोकेको प्लाष्टिकको झोलाभित्र ४१९ ग्राम लागुऔषध खैरो हेरोइन भेटिएको प्रहरीको दाबी थियो। बरामद पदार्थ जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइयो। प्रयोगशालाले उक्त पदार्थ लागुऔषध नभएको रिपोर्ट दियो। बयानका क्रममा पनि प्रहरी जवान ललितबहादुरले खैरो हेरोइन बरामद भएको विषय अस्वीकार गरेका थिए। तर, प्रहरीले उनीहरूविरुद्ध मुद्दा दायर गर्‍यो।

काठमाडौं जिल्ला अदालतले ललितबहादुरलाई २०५५ जेठ ११ मा ६० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। धरौटी बुझाएर उनी जेठ १८ मा रिहा भए। त्यसको तीन वर्षपछि जिल्ला अदालतले उक्त पदार्थ लागुऔषध भएको दाबी नपुग्ने फैसला गर्‍यो। ‘बरामद पदार्थ लागुऔषध हो भन्ने विषय अभियोग-पत्रबाट खुलेन। प्रतिवादीहरूले लागुऔषध नै हो भनेर कारोबार गरेको समेत मिसिलबाट नदेखिँदा अभियोग दाबी पुग्दैन,’ अदालतले २०५८ पुस ६ मा गरेको फैसलामा उल्लेख छ।

तर, जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले तत्कालीन पुनरावेदन अदालत पाटनमा निवेदन दियो। पुनरावेदन अदालत पाटनले पनि २०६१ असोज १८ मा जिल्ला अदालतकै फैसला सदर गरेको थियो। तर, सरकारी पक्ष त्यस फैसलाविरुद्ध सर्वोच्च अदालत पुग्यो। सर्वोच्चले २०६७ असोज १९ मा जिल्ला र पुनरावेदनकै फैसला सदर गरिदियो।

यसरी १३ वर्षसम्म ललितबहादुर आफ्नै संगठनविरुद्ध जिल्लादेखि सर्वोच्च अदालतसम्म धाइरहे। सर्वोच्चबाट निर्दोष रहेको अन्तिम फैसला आयो। तर, उनलाई प्रहरी सेवामा फिर्ता गरिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

१३ वर्षसम्म ललितबहादुर आफ्नै संगठनविरुद्ध जिल्लादेखि सर्वोच्च अदालतसम्म धाइरहे। सर्वोच्चबाट निर्दोष रहेको अन्तिम फैसला आयो। तर, उनलाई प्रहरी सेवामा फिर्ता गरिएको छैन।

काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेपछि उनी हाजिर हुन आफ्नो दरबन्दी रहेको कार्यालय बारा गएका थिए। तर, मुद्दा चलिरहेकाले स्वतः निलम्बन हुने भन्दै फर्काइयो। मुद्दाको अन्तिम फैसला आएपछि मात्रै जागिरमा पुनर्बहाली हुन पाउने जानकारी पनि दिइयो। सोहीअनुसार सर्वोच्चको फैसलाको पूर्णपाठ लिएर उनी २०६८ साउन १० गते हाजिर हुन जाँदा उनले पुनर्बहाली हुन पाएनन्।

त्यति मात्र नभइ सेवामा पुनर्बहाली गर्न माग गर्दै उनले हुलाकमार्फत प्रहरी प्रधान कार्यालय र मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुरमा पनि निवेदन दिए। कतैबाट सुनुवाइ नभएपछि २०६८ सालमा उनले सर्वोच्चमा रिट दायर गरे। उनले प्रहरी प्रधान कार्यालय, मध्येक्षेत्रीय कार्यालय, जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी अमृतगञ्जलाई विपक्षी बनाएका थिए।

सर्वाेच्चले ललितबहादुरलाई सेवामा पुनर्बहाली नगर्नुको कारणसहित उपस्थित हुन २०६८ भदौ १९ मा आदेश दिएको थियो। गुल्म नं. ३ बागमती काठमाडौंबाट प्रहरी चौकी अमृतगञ्ज बारा सरुवा भएपछि २०५४ चैत २३ गतेबाट २०५५ भदौ २२ सम्म उनी गयल भएको पत्र सम्बन्धित चौकीबाट आएको ती कार्यालयले कारण पेश गरेका थिए। सर्वोच्चले उक्त पत्र नै पेश गर्न २०७४ पुस १३ मा आदेश दिएको थियो ।

तर, पत्र पेश नगरेपछि सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन २०७५ साउन १३ मा अर्को आदेश दियो। महान्यायाधिवक्ताको कार्यालयले पनि पत्र पेश गरेन।

सर्वोच्चले गएको असोज १० गते ललितबहादुरको पक्षमा फैसला गर्‍यो। प्रहरीकै पुराना पत्र र ढड्डाबाट उनी प्रहरी जवान रहेको पुष्टि भएको, गयल खालीको पत्र पेश गर्न नसकेको, तीनै तहको अदालतबाट सफाई पाएकोलगायत कारण देखाउँदै सर्वोच्चले उनको पक्षमा फैसला गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासको फैसलाको पूर्णपाठमा सर्वोच्चले भनेको छ- ‘यस अदालतबाट ११ वर्षअघि नै सफाइ पाइसकेको र फैसला कार्यान्वयनको सन्दर्भलाई लिएर न्यायको याचना गरेका निवेदकलाई बिलम्ब नगरी, कानुनले पुर्‍याउनु पर्ने आवश्यक कार्यविधि र रीत पुर्‍याइ, जो जे बुझ्नुपर्ने हो बुझी फैसलाको प्रतिलिपि पाएको मितिले बढीमा तीन महिनाभित्र निर्णय गरिदिनू भनी विपक्षीको नाममा परमादेश जारी गरिएको छ।’

लामो समयसम्म नेपाल प्रहरीको कानुन शाखामा काम गरी अवकाश पाएका एसपी रवीन्द्र रेग्मी सर्वोच्चको फैसलापछि ललितबहादुरले पाउनुपर्ने तलबभत्ता, पेन्सनलगायतका सुविधा पाउने निश्चित भएको बताउँछन्। ‘उहाँले जागिर खाएको अहिले ३१ वर्ष भइसकेछ। प्रहरीको अनिवार्य अवकाशको सेवा अवधि ३० वर्ष हो। तर, प्रहरी जवान ४८ वर्ष उमेर भएपछि अनिवार्य अवकाशमा जान्छन्। उनले यी दुईमध्ये जुनबाट पहिला अवकाश पाउने हुन् त्यति बेलासम्मको तलबभत्ता पाउँछन्,’ रेग्मी भन्छन्, ‘एउटै पदमा रहेको १५ वर्ष नाघ्ने भएकाले एक तह मानार्थ बढुवा गरिने हुँदा अन्तिम महिना हवल्दारको तलब पाउने व्यवस्था छ।’

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी गलत अनुसन्धान र अभियोजनले एउटा निर्दोष मान्छेले कसरी दु:ख पाउँछ भन्ने उदाहरण ललितबहादुर भएको बताउँछन्। उनी भन्छन्, ‘यस्ता घटनाबाट हामीले पाठ सिक्नुपर्छ। एउटा निर्दोषले २४ वर्षसम्म आफ्नै संगठनबाट दुःख पाउनु पक्कै पनि राम्रो होइन।’

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो शुक्रबार, भदौ २६, २०८३
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्