काठमाडौं– भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले विक्री प्रबन्धक नियुक्त गरी सेयर निष्कासन प्रक्रिया सुरु गरेको हो।
कम्पनीले साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १ सय दरका १४ लाख ३० हजार १६२ कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो।
सेयर निष्कासन तथा विक्री प्रबन्धकसम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका चन्दन कार्कीले हस्ताक्षर गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।