काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ।माओवादीको आठौं महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएकोम अमेरिकाले सामाजिक सञ्जालमार्फत बधाई दिएको हो।
काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुनः अध्यक्ष भएकोमा बधाई दिएको हो।‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन हुनु भएकोमा प्रचण्डलाई बधाई! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ,’ ट्वीटमा भनिएको छ।
महाधिवेनपछि सोमबार सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले निर्विरोध अध्यक्ष चयन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।