काठमाडौं– नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन २३६ सदस्यीय केन्द्रीय सदस्यको नाम घोषणा गर्दै आइतबार समापनि गरिएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेको सदस्यको सूचीमा केही छोटकरी नामसमेत समेटिएको छ।
केन्द्रीय सदस्यमा रहेको पी घर्ती र आर तामाङ को हुन् भनेर पार्टीभित्रै खोजी सुरु भएको एक नेताले बताए। यसअघि पी र आर भएका केन्द्रीय सदस्य कोही नभएको ती नेताको बताए।
केन्द्रीय सदस्यमा समेटिएका पी घर्ती कर्णाली प्रदेशको उपसभामुख र आर तामाङ बागमती प्रदेशको उपसभामुख भएको एक केन्द्रीय सदस्यले दावी गरे। उपसभामुख कुनै दल बस्न नपाउने भएकाले छोटकरीमा नाम राखेर पद सुरक्षित गरेको उनको भनाइ छ।
प्रचण्डले सार्वजनिक गरेको सूची तर्फ समानुपातिक तर्फ जनजाति महिलाको सूचीमा पी घर्ती समावेश छ। पी घर्ती पुष्पा घर्ती विष्ट हुन्। उनी कर्णाली प्रदेशकी उपसभामुख हुन्। त्यस्तै अर्को ’छद्म’ नाम हो– आर तामाङ। उनी हुन् बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङ।
घर्ती २०५३ साल देखि माओवादी पार्टीमा लागेर भूमिगत भएकी थिइन्। उनी सुर्खेतबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छिन्।
तामाङ २०५५ साल देखि माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सदस्य हुँदै २०५७ सालमा भूमिगत भएकी थिइन्। उनी यसअघि पनि केन्द्रीय सदस्य थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।