काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसबाट दक्षिण कोरियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ।
दक्षिण कोरियाका सरकारी अधिकारीहरूले सोमबार दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका छन्।
ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
राजधानी सोलबाट ३३० किलोमिटर टाढा पर्ने ग्वान्जौमा उनीहरूको मृत्यु भएको हो। संक्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो।
मृत्यु भएका दुवै जना झन्डै ९० वर्षका थिए। उनीहरूमध्ये एक जनाको डिसेम्बर २७ मा र एक जनाको डिसेम्बर २९ मा मृत्यु भए पनि ओमिक्रोनबाट मृत्यु भएको भन्ने विवरण भने सोमबार मात्रै सार्वजनिक गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।