काठमाडौं- प्रभु बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।
बैंकको आइतबार सम्पन्न २०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको बैंकले जनाएको छ।
साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, प्राप्ती (एक्विजिसन तथा खरिदसम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल/अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यताप्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने र सोसम्बन्धी समझदारीपत्र तर्जुमा गरी प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णयसमेत पारित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।