काठमाडौं- ट्वीटरले कोरोना भाइरसबारे अफवाह फैलाएको भन्दै एक अमेरिकी सांसदको एकाउन्ट बन्द गरेको छ।
कोरोना भाइरसबारे अफवाह फैलाएको र बारम्बार यसका निर्धारित नियमहरू उल्लंघन गरेको आरोपमा रिपब्लिकन पार्टीकी सांसद मार्जोरी टेलर ग्रीनको व्यक्तिगत एकाउन्ट स्थायी रूपमा बन्द गरेको हो।
ट्वीटरले यसअघि जर्जियाका सांसद ग्रीनको एकाउन्ट पनि चार पटक अस्थायी रूपमा बन्द गरेको थियो।
ग्रीनले भनेकी छिन्,‘मेरो एकाउन्ट प्रतिबन्धले ट्वीटर अमेरिकी विरोधी भएको प्रमाणित भएको छ।’ यद्यपि, उनको आधिकारिक एकाउन्ट सक्रिय छ।
टेलिग्राममा पोस्ट गरिएको लामो स्पष्टिकरणमा उनले सामाजिक मिडिया प्लेटफर्महरूले सत्यलाई टाढा र चौतर्फी फैलाउनबाट रोक्न नसक्ने बताउँदै ट्वीटरले कम्युनिस्ट क्रान्तिको भागको रूपमा अज्ञात शत्रुहरूलाई मद्दत गरेको आरोप लगाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।