काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले वर्षमान पुन फर्किएपछि मात्र पदाधिकारी टुंगो लगाउने भएको छ। आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको आज बसेको पहिलो बैठक पदाधिकारीबारे निर्णयविनै सकिएको छ।
ललितपुरमा बसेको आजको बैठकले पार्टीका पदाधिकारी चयन गर्ने भनिए पनि अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड' लाई मात्रै चयन गरेको छ। अध्यक्ष प्रचण्डसहित केन्द्रीय सदस्यहरुले आजै शपथ लिएका छन्।
आजको बैठकबाट पदाधिकारी चयन हुन नसकेको विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा प्रचण्डले भने, 'वर्षमान पुन, ओनसरी घर्तीजीहरु पार्टीको सिनियर नेता हुनुहुन्छ। उहाँहरु डिस्चार्ज भएर भोलि आउँदै हुनुहुन्छ। उहाँहरुसमेत सामेल भएर पदाधिकारी चयन गर्नु उचित हुन्छ भनेर नै २५ गतेका लागि सारेका हौं।’
आउँदो २५ गते बस्ने बैठकबाट पदाधिकारीको टुंगो लाग्ने अध्यक्ष दाहालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।