काठमाडौं– नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले केन्द्रीय समिति बैठकमा सहभागी हुन पाउनुपर्ने माग राखेका छन्।
उनीहरूले सोमबार सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसको विधान अनुसार संघीयताका आधारमा गठन भएको प्रदेश कार्यसमितिका सभापतिहरुलाई केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पाउने वैधानिक व्यवस्था गरिदिन माग गरेका छन्।
यस्तै, क्रियाशील सदस्यतावात पार्टी कोषमा जम्मा हुने रकम र प्रदेश सभाका सदस्यको लेबी शुल्क समेत सम्बन्धित प्रदेश संसदीय दललाई निर्देशन दिइ प्रदेश समितिकै खातामा उपलब्ध गराउने व्यवस्था गर्न उनीहरूले माग गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।