काठमाडौं- विभिन्न मोर्चामा तनाव जारी रहँदा रूसी राष्ट्रपति भ्लादमिर पुटिन र टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनबीच टेलिफोनमा कुराकानी भएको छ।
यस कुराकानीलाई निकै महत्वपूर्ण मानिएको छ किनकी दुवै देश अलग अलग मोर्चामा कयौं गतिरोधको सामना गरिरहेका छन्।
रूसले युक्रेन नेटोमा सहभागी हुने डारकाबीच युक्रेनमाथि हमला गर्ने धम्की दिएको छ भने टर्कीले युक्रेनलाई हतियार बेचेको भन्दै रिसाएको छ।
रूसलाई दुई पूर्वी क्षेत्रमा यी हतियारको प्रयोग युक्रेनले अलगाववादी समर्थकमाथि आक्रमण गर्नका लागि तयार गर्न सक्ने त्रास छ। उता टर्की नेटोको सदस्यसँगै दोस्रो ठूलो सैन्य शक्ति हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।