काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। सोमबार दिउँसोका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी बैठक बसेको हो।
पार्टी कार्यालयमा जारी बैठक सकिएपछि केन्द्रीय कार्यसमिति बैठक बस्ने जनाइएको छ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, राष्ट्रिय सभा निर्वाचनका साथै मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यका विषयमा पनि छलफल हुने एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।