काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे ललितपुरको हेरिटेज प्लाजामा बोलाइएको छ। केन्द्रीय समिति बैठकमा के के अजेण्डा हुने भन्ने विषयमा नेताहरुलाई जानकारी गराइएको छैन।
केन्द्रीय समितिबाट केन्द्रीय सदस्यमा बाँकी रहेका ६३ जनालाई मनोनित गर्ने तयारी गरिएको छ। केन्द्रीय समिति बैठबाट २९९ जनाको केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरिएको हो। अध्यक्षले मनोनित गर्ने १५ प्रतिशतको विषयमा समेत नाम प्रस्ताव हुन सक्ने बताएको छ।
केन्द्रीय समितिबाट पोलिटब्यूरो र स्थायी समिति बन्न सक्ने एक नेताले बताए। केन्द्रीय समितिबाट एक तिहाई पोलिटब्युरो हुने भएपछि ११५ जना पोलिटब्यूरो हुने छन्। हाल १६ जना स्थायी समिति सदस्य भएकाले त्यसलाई बढाउने तयारी गरिएको छ।
‘आजको केन्द्रीय समिति बैठकको अजण्डा के के हुने भन्ने विषयमा भनिएको छैन’ ति नेताले भने, ‘मलाई लाग्छ आज ६३ जना केन्द्रीय समितिमा क्लस्टर बमोजिम फुलफिल गर्ने हुन सक्छ। त्यसबाट पोलिटब्यूरो र स्थायी समिति बनाउने सम्भावना छ।’
आज बस्ने केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने सम्भावना न्यून देखिएको ति नेताको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।