• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘अवैधानिक’ बस्तीको वैधानिक विद्यालय

64x64
धनु विश्वकर्मा शुक्रबार, पुस २३, २०७८  ०९:१५
1140x725

काठमाडौं– मनोहरा नदीले उपत्यकाका दुई जिल्ला काठमाण्डौं र भक्तपुरलाई छुट्याएको छ। काठमाडौँको जडिबुटीबाट मनोहरा तरेपछि भक्तपुरतर्फको किनारा पछ्याउँदै उत्तरतिर लाग्यो भने छाप्रे बस्तीमा पुगिन्छ। मनोहरा वारिपारि नै बाक्लै बसेको यो बस्ती सुकुम्बासीहरूको हो।

बस्तीभित्र खोला किनारामा छ सरस्वती आधारभूत विद्यालय। यो विद्यालय मध्यपुर थिमी नगरपालिका–१, भक्तपुरमा पर्छ। 

दिउँसो खाजा खाने समय भएको छ। विद्यालयका करिब आधाजसो विद्यार्थी गेटमा लाइन लागेका छन्। तर, गेटको ताल्चा खुलेको छैन। किनभने कोही विद्यार्थीलाई पनि गेटबाहिर जाने अनुमति छैन। अभिभावकले खाजा गेटसम्म ल्याइदिन्छन्, त्यहीँबाट विद्यार्थीले पालैपालो लिन्छन् र भित्रै खान्छन्।

यो सुकुम्बासी बस्ती ऐलानी जग्गामा बसेको छ। नदी वारिपारि करिब ८०० घरधुरी छन्। सरकारले यहाँबाट बस्ती हटाउन कहिलेकाहीँ डोजर लगाउँछ। तर, सरस्वती आधारभूत विद्यालय भने सरकारले नै खोलेको विद्यालय हो। पहिला यो विद्यालयमा पढ्ने प्रायः सबै विद्यार्थी सुकुम्बासी बस्तीकै थिए। अहिले अवस्था फेरिएको छ।

करिब १७ वर्ष अघिसम्म बस्तीका बालबालिकाका लागि विद्यालय थिएन। महङ्गो शुल्क तिरेर निजी विद्यालयमा पढाउन सक्ने हैसियत अधिकांश अभिभावकको छैन। त्यसैले यहाँका बालबालिका खेलेरै दिन बिताउँथे।

बालबालिकाहरूले पढ्न नपाएकोमा बस्तीका केही अगुवा चिन्तित थिए। उनीहरूले नै २०६२ माघ २१ गते बस्तीमा विद्यालय सुरु गरे। त्यस बेला एउटा टहरोमा केही बालबालिका राखेर पढाउन सुरु गरिएको थियो। 

के पढाउने भन्ने टुंगो थिएन। न शिक्षक, न पाठ्यक्रम। उनीहरूले बालबालिकालाई अनौपचारिक रूपमा पढाउन थाले। तीन वर्षसम्म यसरी नै पढाए। तर, लामो समय यसरी नै पढाइरहन संभव थिएन। त्यसैले बस्तीका अगुवाबाटै विद्यालयलाई स्वीकृति दिलाउन पहल थाले।

Ncell 2
Ncell 2
nimb
nimb

स्थापनाकालदेखि नै विद्यालयलाई गैरसरकारी संस्था एसियन फोरमले आर्थिक सहयोग गरेको थियो। प्रधानाध्यापक इन्दिरा महतका अनुसार जिल्ला शिक्षा कार्यालय भक्तपुरले यो विद्यालयलाई २०६५ असारमा स्वीकृति दियो। महत त्यही बेलादेखि नै यो विद्यालयमा कार्यरत छिन्।

काठमाडौंको चोभार बस्ने उनी त्यसअघि भक्तपुरको खरिपाटीस्थित एक विद्यालयमा पढाउँथिन्। घरबाट विद्यालय पुग्न टाढा हुने भएकोले कतै नजिक सरुवा हुन चाहेकी थिइन्। जिल्ला शिक्षा कार्यालयले सुकुम्बासी बस्तीमा रहेको विद्यालय पठायो। भर्खरै स्वीकृति पाएको विद्यालय चलाउन सजिलो थिएन।

प्रधानाध्यापक इन्दिरा महत

उनी यहाँ आउँदा एक्ली शिक्षक थिइन्। भौतिक पूर्वाधार थिएन। वर्षामा पढाउनै समस्या, विद्यालय भएको क्षेत्र नै डुबानमा पर्थ्यो। अहिले पनि समस्या उस्तै छ। ‘यो विद्यालयमा आदिवासी, जनजाति र पिछडा वर्गका सन्तानहरू पढ्छन्। उनीहरूको राजनीतिक, आर्थिक र प्रशासनिक पहुँच राम्रो छैन,’ प्रधानाध्यापक महत भन्छिन्, ‘त्यसैले विद्यालय जति सुधार भएको छ, यहीँका बस्तीका अगुवा र शिक्षकहरूले गरेका हुन्।’

उनी यो विद्यालयमा आउँदा करिब ४५ विद्यार्थी थिए। एसियन फोरमले शिक्षकको व्यवस्था गरिदिएको थियो। ‘त्यति बेला सुकुम्बासी बस्तीका विद्यार्थी मात्र थिए। कक्षा त हुन्थ्यो, परीक्षा हुँदैन थियो। विद्यालयको ढाँचामा ल्याउन नै संघर्ष गर्नुपर्‍यो,’ उनी भन्छिन्, ‘बिस्तारै कक्षा बढाउँदै जाँदा शिक्षा कार्यालयले पनि शिक्षकको व्यवस्था गरिदिँदै गयो। अनि विद्यालय पनि राम्रो भयो।’

शिक्षा कार्यालयले अहिलेसम्म पनि विद्यालयको भवन भने बनाइदिएको छैन। सरकारी जग्गा नभएका कारण भवन बनाउन नमिलेको उनी बताउँछिन्। स्थानीय सरकार आएपछि भवन निर्माणमा झनै झन्झट बेहोर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्। 

‘विद्यालय स्थायी छ, तर भवन अस्थायी हो। भवन बनाउन विद्यालयको आफ्नो जग्गा छैन। नगरपालिकाको जग्गा पनि छैन,’ प्रधानाध्यापक महतले भनिन्, ‘अहिले पनि विद्यालय अभावमै छ। गतिलो पूर्वाधार छैन। खेल मैदान पर्याप्त छैन। खाली ठाउँ पनि कम छ।’

उक्त ठाउँमा ऐलानी जग्गा भए पनि सरकारले बस्ती नै ‘अवैधानिक’ भएको भन्दै स्थायी भौतिक संरचना निर्माण गर्न दिएको छैन। अहिले भएको संरचना केही संघसंस्थाले बनाइदिएका हुन्। यहाँ माध्यमिक तहसम्मकै विद्यालय आवश्यक भएको महतले बताइन्।

‘भोलि बस्ती उठे पनि विद्यालय उठ्दैन। विद्यालयलाई बस्तीसँग जोडेर मात्र हेर्नु हुँदैन। विद्यालय राम्रो भए विद्यार्थी अभाव हुँदैन,’ उनले भनिन्, ‘यो बस्तीका मानिस पनि यही देशका नागरिक हुन्। कसैलाई पनि पढ्ने अधिकारबाट बञ्चित गर्न हुँदैन।’

तर, उनको कुरा राज्यले सुन्दैन। 

विद्यालयमा अहिले ३०० विद्यार्थी छन्। कक्षा ८ सम्म पढाइ हुन्छ। अब कक्षा १० सम्म पढाउने विद्यालयको योजना छ। त्यसको स्वीकृति पनि प्राप्त भइसकेको छ। अहिले शिक्षकको संख्या १२ जना पुगिसकेको छ। सबै महिला छन्। त्यसैले पनि यो विद्यालय उदाहरणीय बनेको छ।

विद्यालयमा सुकुम्बासी बस्तीका ६० प्रतिशत छन् भने बाँकी विद्यार्थी बाहिरबाटै आउँछन्। पढाइ राम्रो भएकै कारण बस्तीबाहिरका विद्यार्थी पनि आएको उनी बताउँछिन्। केही त निजी विद्यालय छोडेर आएकाहरू पनि भएको उनको भनाइ छ।

यहाँ पढाउने सबै शिक्षक प्रावि दरबन्दीका हुन्। निमावि दरबन्दीका शिक्षक नहुँदा समस्या भएको महत बताउँछिन्। अहिले प्रावि शिक्षकले नै माथिल्लो कक्षामा पढाइरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्