काठमाडौं– साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १० अंक बढेको छ।
आइतबार ६०.४१ अंक बढेर २५८४.९१ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा १०.३१ अंक बढेर २५९५.२२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत १.४९ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १८ कम्पनीको ४५ लाख ८५ हजार ७२ रुपैयाँ ६९ पैसा बराबरको ३ हजार ९०२ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।