काठमाडौं- दक्षिण कोरियाले एक व्यक्तिले कक्षा सुरक्षायुक्त सीमालाई पार गरेर उत्तर कोरिया गएको बताएको छ।
दक्षिण कोरियाका अनुसार सीमा पार गरेका व्यक्तिलाई रोक्नका लागि निकै प्रयास भएको थियो तर सफलता प्राप्त हुन सकेन।
अधिकारीहरुका अनुसार यो घटना शनिबार रातिको हो। तारबार नाघेर उनी करीब तीन घण्टा बसेका र उत्तर कोरियातर्फ लागेको अधिकारीहरुले जनाएको बीबीसीले उल्लेख गरेको छ।
उनलाई पक्राउ गर्न सेना पठाइएको भए पनि नसकिएको समाचारमा जनाइएको छ।
तर, उनी दक्षिण कोरियाली नागरिक हुन् या उत्तर कोरियाबाट आएका व्यक्ति पुन घर फर्किएका हुन् भन्नेबारे एकिन नभएको जनाइएको छ।
उत्तर कोरियाबाट मानिसहरु बेलाबेलामा भागरे दक्षिण कोरिया प्रवेश गर्ने खोज्ने गरेका समाचारहरु सार्वजनिक हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।