काठमाडौं- इजरायलका शीर्ष स्वास्थ्य सल्लाहकारले देशमा बढिरहेको ओमिक्रोन संक्रमणका कारण मानिसमा 'हर्ड इम्युनिटी' विकसित हुन सक्ने जनाएका छन्। अर्थात ठूलो मात्रामा प्रतिरक्षा प्रणाली विकसित हुन सक्ने उनीहरुको भनाइ छ।
स्वास्थ्य सलाहकार नचमन ऐसले तर यस्तो हर्ड इम्युनिटी प्राप्त गर्नका लागि मानिसले धेरै कुरा गुमाउनु पर्नेछ। यसकारण आफूहरुले खोपबाट नै मानिसहरुले इम्युनिटी पाउन् भन्ने चाहेको उनले बताए।
इजराइलका प्रधानमन्त्री नेफ्टाली बेनेटले वर्तमान नीति संक्रमणको वृद्धिलाई रोक्न नसकिरहेको स्वीकार गरेका छन्।
आइतबार उनले कोरोना खोपको चौंथो डोज ६० वर्ष भन्दा धेरै उमेरका सवै मेडिकल कर्मचारीलाई दिइने छ। अर्थव्यवस्थालाई खुला गर्दै गम्भीर संक्रमणलाई रोक्ने उनको प्राथमिकता रहेको छ। उनले लकडाउनलाई भने अस्वीकार गरे।
इजरायलमा १० दिनमा कोरोना संक्रमितको संख्या चार गुणा बढेको छ। देशमा ३ हजार ५ सय भन्दा धेरै संक्रमित आइरहेका छन्। संक्रमणका कारण मृत्युको संख्यामा भने वृद्धि भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।