फाइल तस्बिर काठमाडौं– सत्तापक्षीय गठबन्धनको बैठक बस्ने भएको छ। आज (सोमबार) बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
विशेषगरी आसन्न राष्ट्रिय सभा निर्वाचनको तयारी तथा साझा उम्मेदवारको विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताए।
आगामी माघ १२ गते राष्ट्रिय सभाको १९ सदस्य पदका लागि मतदान निर्वाचन हुँदै छ। आगामी मंगलबार उम्मेद्वारको मनोनयन दर्ता गर्नुपर्ने भएकाले गठबन्धनको बैठक बस्न लागेको हो।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।