काठमाडौं– नेकपा (एमाले) केन्द्रीय सचिवालयको दोस्रो बैठक सकिएको छ।
आइतबार बालकोटमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय सभाको आसन्न निर्वाचन र जिल्ला अधिवेशनहरूको तयारीका सम्बन्धमा छलफल हुनुका साथै संगठनात्मक कामको रिपोर्टिङ भएको छ।
बैठकमा केही हिमालीबाहेकका सबै जिल्लाहरूमा पुस २३ गते अधिवेशन गर्ने तयारीबारे छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।