काठमाडौं- फ्रान्समा नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा कार जलाउने घटना फेरि सार्वजनिक भएको छ।
यस वर्ष ८ सय ७४ कार जलेको प्रहरीको भनाइ छ। फ्रान्सको आन्तरिक मन्त्रालयले सन् २०१९ को तुलनामा यो संख्या निकै कम रहेको बताएको छ।
यससँगै हिरासतमा लिने र थुनिने क्रम पनि बढेको बताइएको छ। कोभिड-१९ का कारण लगाइएको कर्फ्यूका कारण गत वर्ष कुनै ठूलो घटना भएको थिएन।
फ्रान्समा गाडी जलाउनु सामान्य घटना हो। सन् २००५ मा भएको दंगापछि फ्रान्सका सहरहरूमा कार जलाउनु वार्षिक कार्यक्रम जस्तै बनेको छ।
यसपटक नयाँ वर्षमा ९५ हजार प्रहरी परिचालन गरिएको थियो। यसै क्रममा फ्रान्सेली मिडियाका अनुसार ३२ हजार फायर फाइटर र सुरक्षाकर्मी पनि तैनाथ गरिएको थियो।
योसँगै फ्रान्सको राजधानी पेरिसमा फेरी मास्क लगाउन अनिवार्य गरिएको छ। मास्क नलगाएको भन्दै ७ सय ७९ जनालाई जरिवाना गरिएको छ।
यद्यपि, फ्रान्समा प्रतिबन्धहरू आंशिक रूपमा हटाइएको छ। तर, यो महिना ओमिक्रोन भेरियन्टका कारण नयाँ नियमहरू लागू हुनेछन्।
३ जनावरीदेखि बन्द स्थानमा आयोजना हुने कार्यक्रममा अधिकतम २ हजार जनाको सीमा तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।