काठमाडौं- भारतको मध्य प्रदेशस्थित अलिराजपुर जिल्लामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य २८ जना घाइते भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार जिल्ला सदरमुकामबाट १५ किलोमिटर टाढा रहेको चाँदपुर गाउँ नजिकै आइतबार बिहान ६ बजे गुजरातको छोटा उदयपुरबाट अलिराजपुर जाँदै गरेको बस नदीमा खसेको हो।
मृत्यु हुनेमा एक वर्षको नवजात शिशु पनि रहेका छन्। स्थानीय एसपी मनोजकुमार सिंहका अनुसार बस चालक निद्रामा रहेका कारण बस माल्खोदरा खोलामा खसेको हो।
घटनामा एक शिशुसहित ४८ वर्षीय कैलाश मेडा र ४६ वर्षीया मीराबाईको घटनास्थलमै मृत्यु भएको थियो। घाइते २८ जनामध्ये तीन जना गुजरातका रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।