काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेको छ। पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती भएकाले उक्त दिन सार्वजनिक बिदा दिन राप्रपाले माग गरेको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सार्वजनिक बिदाका लागि ज्ञापनपत्र समेत बुझाएका छन्।
पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राप्रपाले राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरेको स्मरण गर्दै लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, उक्त दिन सार्वजनिक बिदा दिन तथा नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न माग गरेका छन्।
२०७४ सालमा देउवा नेतृत्वकै सरकारले सार्वजनिक बिदा दिने भनी गरेको निर्णय र त्यसले निरन्तरता पाउन नसकेको लिङ्देनले स्मरण गराएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।