काठमाडौं- नेकपा (एमाले)को सचिवालय बैठक जारी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा सचिवालयको बैठक बसिरहेको हो।
बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली टुंगो लगाउने बताइएको छ।
राष्ट्रिय सभा उम्मेदवारका लागि सातवटै प्रदेशले नाम सिफारिस गरिसकेका छन्। सचिवालय बैठकले ती नामका विषयमा टुंगो लगाउनेछ।
त्यस्तै आजको सचिवालय बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ। एमालेको १०औं महाधिवेशनपछि पहिलोपटक सचिवालय बैठक बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।