काठमाडौं- गण्डकी प्रदेशको विना विभागीय मन्त्रीमा नियुक्त भएका डोबाटे विश्वकर्माले डेढ महिनापछि आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।
शुक्रबार उनलाई मन्त्रालयको जिम्मेवारी दिइएको गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
मुख्यमन्त्री मातहतमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई पुस १२ गते मात्रै प्रदेश सरकारले अलग्गै मन्त्रालय हुने गरी कार्यविभाजन नियमावली संशोधन गरेको थियो।
त्यसपछि उक्त मन्त्रालयको जिम्मेवारी विश्वकर्मालाई दिइएको हो। मन्त्रालयको जिम्मेवारी पाएपछि विश्वकर्माले पुस १६ गते कार्यभार सम्हालिसकेका छन्। उनी गत असोज २५ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।