काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणअघि देउवा पत्नी आरजु राणा भारतमा पुगेकी छन्।
भ्रमणका क्रममा उनले सत्तारुढ भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालालाई भेटेकी छन्।
भाजपाका नेता चौथाइवालाले आरजुसँगको भेटबारे सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गरेका छन्।
उनले निजी भ्रमणका क्रममा देउवा पत्नीसँगको भेट सौहाद्रपूर्ण भएको उल्लेख गरेका छन्।
चौथाइवाला गत अगस्टमा नेपाल आएका थिए। उक्त समयमा आरजुले चौथाइवालालाई राखी बाँधेकी थिइन्।
प्रधानमन्त्री देउवा पुस २५ गते भारत भ्रमणमा जाँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।