काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरी सोमबार दिउँसो २:०० बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी दिएको हो।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने जानकारी दिइएको छ।
उक्त बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।