डालियान- उत्तरपूर्वी चीनको डालियान सहरको एक बजारमुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
उक्त दुर्घटना शुक्रबार बिहान ११:११ मा भएको थियो र दिउँसो १:०० बजे आगो निभाइएको थियो।
आगो निभाउने क्रममा मृत्यु भएका नौ जनाध्ये एक जना अग्निनियन्त्रक भएको बताइएको छ। पाँच जना सामान्य घाइते भएका छन् र उपचाररत छन्।
त्यसैगरी चार जना अझै अस्पतालमा छन् भने एक जना डिस्चार्ज भइसकेका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।